विश्वकप–२०२६ सफल भएको छ : फिफा अध्यक्ष

प्रकाशित मिति:

काठमाडौं । सहआयोजक अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको योगदानको सराहना गर्दै फिफा अध्यक्ष जियानी इन्फान्टिनोले विश्वकप फुटबल–२०२६ ले सफलताको नयाँ उचाइ छोएको दाबी गरेका छन्।

म्यानहटनको ट्रम्प टावरमा आयोजित विशेष समारोहमा बोल्दै इन्फान्टिनोले यस संस्करणले विश्वभरका खेलप्रेमीलाई एउटै मञ्चमा ल्याउन महत्त्वपूर्ण भूमिका खेलेको बताए। दर्शकमञ्चमा शतप्रतिशत उपस्थिति र अभूतपूर्व टेलिभिजन दर्शक संख्याले प्रतियोगिताको व्यापकतालाई प्रमाणित गरेको उनको भनाइ थियो। उनले मानिसहरूलाई खेलमार्फत जोड्ने परिकल्पना साकार बनेको धारणा समेत राखे।

कार्यक्रममा राष्ट्रपति ट्रम्पले यस विश्वकपलाई खेलकुद इतिहासकै सर्वोत्कृष्ट र विशाल आयोजनाको संज्ञा दिएका थिए।

ताजा समाचार