अनलाइन गेमिङ सञ्चालन गरेको अभियोगमा धनगढीबाट एक जना पक्राउ

प्रकाशित मिति:

कैलाली । गैरकानुनी रूपमा अनलाइन गेमिङ सञ्चालन गरेको अभियोगमा कैलाली प्रहरीले धनगढीबाट एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–११ का ३६ वर्षीय महेश बोगटी रहेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार उनलाई आइतबार राति प्रहरी टोलीले नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकराज जोशीले बोगटीलाई नियन्त्रणमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिए।

ताजा समाचार