काठमाडौं । काठमाडौँको नयाँ बसपार्क क्षेत्रमा रहेको एक गेस्ट हाउसभित्र एक युवती मृत अवस्थामा फेला परेकी छन्। कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ७ स्थायी घर भई हाल काठमाडौँको माछापोखरी बस्दै आएकी करिब २५ देखि ३० वर्षीया निशा सुनुवार मृत फेला परेकी हुन्।
जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार घटनास्थलको प्रकृति हेर्दा युवतीको हत्या भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ। शवलाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको छ भने हालसम्म मृतकका आफन्त सम्पर्कमा नआएकाले सनाखत हुन बाँकी रहेको छ। घटनाको यथार्थ कारण पत्ता लगाउन प्रहरीले सूक्ष्म अनुसन्धान सुरु गरिसकेको छ।
काठमाडौँको नयाँ बसपार्क क्षेत्रको एक गेस्ट हाउसमा युवतीको शव फेला
प्रकाशित मिति:



