लोकसेवाको पदपूर्तिमा प्रधानमन्त्री कार्यालयको स्वीकृति अनिवार्य गरिएपछि माइतीघरमा विरोध प्रदर्शन

प्रकाशित मिति:

काठमाडौं । लोकसेवा आयोगको परीक्षा तयारी गरिरहेका परीक्षार्थीहरूले काठमाडौँको माइतीघर मण्डलमा प्रदर्शन गरेका छन्। गत साउन ४ गते बसेको मुख्यसचिव स्तरीय बैठकको निर्णय नं. ११ खारेज गर्नुपर्ने माग राख्दै उनीहरू सडकमा उत्रिएका हुन्।

उक्त निर्णयको बुँदा नम्बर ११ मा लोकसेवा आयोगका कुनै पनि पदपूर्ति गर्नुप परेमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट अनिवार्य स्वीकृति लिनुपर्ने उल्लेख छ।

प्रदर्शनकारीहरूले यो प्रावधानले लोकसेवा आयोगको संवैधानिक स्वायत्ततामाथि हस्तक्षेप हुने, विज्ञापन रोकिने र नतिजा प्रकाशनमा अस्वाभाविक ढिलाइ भई लाखौँ युवाको भविष्य अन्योलमा पर्ने दाबी गरेका छन्। उनीहरूले यो निर्णय तुरुन्त फिर्ता नलिए आन्दोलनलाई थप सशक्त बनाउने चेतावनी दिएका छन्।

ताजा समाचार