सुदूरपश्चिम प्रदेश सरकारको बजेट खर्च ६२.२६ प्रतिशत मात्र

प्रकाशित मिति:

कंचनपुर । सुदूरपश्चिम प्रदेश सरकारले गत आर्थिक वर्षमा कुल बजेटको ६२.२६ प्रतिशत मात्र खर्च गरेको छ।
प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार कुल ३३ अर्ब ४३ करोड बजेटमध्ये २० अर्ब ८१ करोड रुपैयाँ खर्च भएको हो। चालु खर्च सन्तोषजनक रहे पनि विकास निर्माणसँग प्रत्यक्ष जोडिएको पुँजीगत खर्च भने ५८.३३ प्रतिशतमा सीमित भएको छ।
मन्त्रालयहरूतर्फ सामाजिक विकास मन्त्रालयले सबैभन्दा बढी ७१.५३ प्रतिशत खर्च गर्दा आन्तरिक मामिला मन्त्रालयले सबैभन्दा कम ३०.७६ प्रतिशत मात्र खर्च गर्न सकेको छ।
कर्मचारी अभाव र विविध कारणले पुँजीगत खर्च कम भएको र आयोजना व्यवस्थापन प्रभावकारी बनाएर आगामी दिनमा सुधार ल्याउन सकिने प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ।

ताजा समाचार