धनगढीमा डाक्टर केसीको अनशन : सुदूरपश्चिममा विरोध

प्रकाशित मिति:

धनगढी । चिकित्सा शिक्षा सुधारका अभियान्ता डाक्टर गोविन्द केसीले आज बिहीबारदेखि धनगढीमा अनशन सुरु गर्दै छन्। उनले धनगढीस्थित कृष्ण मन्दिरको धर्मशालामा दिउँसो ३ बजेदेखि अनशन बस्ने तयारी गरेका हुन्।

गेटामा निर्माणाधीन शहीद दशरथ चन्द मेडिकल विश्वविद्यालय ऐन जबरजस्ती थोपरिएको भन्दै डाक्टर केसीले असन्तुष्टि जनाएका छन्।

यसैबिच, गेटामा मेडिकल विश्वविद्यालय सञ्चालनको तयारी भइरहेका बेला डाक्टर केसीले अनशन बस्न लागेको भन्दै सुदूरपश्चिममा विरोध सुरु भएको छ। गेटामा चिकित्सा शिक्षा सञ्चालनमा भाँजो हाल्न खोजेको भन्दै सर्वसाधारण तथा सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले अनशनप्रति असन्तुष्टि जनाएका छन्।

ताजा समाचार