डोटीको भीमदत्त राजमार्ग किनारमा ४१ वर्षीय पुरुष मृत फेला

प्रकाशित मिति:

डोटी । डोटीको जोरायल गाउँपालिका–२, मिलचौराहा निवासी ४१ वर्षीय डम्बरबहादुर गुरुङ मृत अवस्थामा फेला परेका छन्। उनी बिहीबार बिहान घर नजिकैको सडक किनारमा मृत भेटिएका हुन्।

गैरी खोला नजिकै भीमदत्त राजमार्गको किनारमा गुरुङको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय बुडरबाट प्रहरी टोली घटनास्थल पुगेको छ।

घटनाको कारण खुल्न बाँकी रहेको र यस विषयमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

ताजा समाचार