काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्र स्थापनापछि देशले हासिल गरेका उपलब्धिमाथि योजनाबद्ध रूपमा नकारात्मक प्रचार भइरहेको बताएका छन्।
४८औँ पुष्पलाल स्मृति दिवसका अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले भौतिक पूर्वाधार, शिक्षा र स्वास्थ्य क्षेत्रमा भएका प्रगतिलाई नियोजित रूपमा अवमूल्यन गर्ने प्रयास भइरहेको बताए।
उनले पुष्पलाल स्मृति दिवसलाई श्रद्धाञ्जली दिने दिन मात्र नभई परिवर्तन र गणतन्त्रका उपलब्धिमाथि भइरहेको प्रतिगामी हमलाका विरुद्ध नयाँ अभियान सुरु गर्ने सङ्कल्पको दिनका रूपमा लिनुपर्ने उल्लेख गरे।
प्रचण्डले पुष्पलाल प्रतिष्ठानको पुनर्निर्माणसँगै सामन्तवाद र निरंकुशताविरुद्ध लड्न वैचारिक पुनर्जागरणलाई पनि प्राथमिकता दिनुपर्नेमा जोड दिए।




