कञ्चनपुरमा ६ करोडको भन्सार छलीको सामान बरामद, एक वर्षमा १ हजार बढी मुद्दा दर्ता

प्रकाशित मिति:

कञ्चनपुर । कञ्चनपुर प्रहरीले गत आर्थिक वर्षमा ६ करोड १५ लाख रुपैयाँभन्दा बढी मूल्यका अवैध भन्सार छलीका सामान बरामद गरेको छ। खुला नाका प्रयोग गरी ल्याइएका सामान बरामद गर्ने क्रममा १८ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले सार्वजनिक गरेको वार्षिक प्रगति विवरण अनुसार, सो अवधिमा भारततर्फ बेच्न लैजान लागिएका ४४८ महिला तथा बालबालिकाको सीमा क्षेत्रबाट उद्धार गरिएको छ। साथै, बेपत्ता भएका २४८ महिला, ६७ बालक र १४४ बालिकालाई सकुशल फेला पारिएको छ।

गत वर्ष जिल्लामा कुल एक हजार ९१ वटा मुद्दा दर्ता भएका छन्। प्रहरीका अनुसार एक जना प्रहरीले औसत ६८२ नागरिकको सुरक्षा जिम्मा लिनुपर्ने अवस्था रहेकाले जनशक्ति व्यवस्थापन चुनौतीपूर्ण बनेको छ।

ताजा समाचार