काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले निर्धारित समयमा निर्माण सम्पन्न हुन नसकेका जलविद्युत् आयोजनाहरूको व्यावसायिक उत्पादन सुरु गर्ने अन्तिम मिति (आरसीओडी) थप्ने प्रक्रिया अघि बढाएको छ।
प्राधिकरणले निर्माणाधीन जलविद्युत् आयोजनाहरूलाई पहिलो पटक भौतिक प्रगति र दायित्वका आधारमा ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ गरी चार समूहमा वर्गीकरण गरेको छ। जसअन्तर्गत पहिलो चरणमा समूह ‘क’ र ‘ख’ मा परेका आयोजनाको म्याद थप्न लागिएको हो।
हाल आठ हजार दुई सय ९२ मेगावाट क्षमताका तीन सय २० आयोजना निर्माणका चरणमा छन्। ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठले निजी क्षेत्रलाई सहजीकरण गर्न म्याद थप गर्न लागिएको स्पष्ट पारेका छन्।
उता दायित्व पूरा नगर्ने र भौतिक प्रगति २५ प्रतिशतभन्दा कम भएका समूह ‘ग’ का आयोजनालाई भने सम्झौता रद्द हुनसक्ने गरी सचेत गराइने प्राधिकरणले जनाएको छ।




