काठमाडौं । त्रिभुवन विश्वविद्यालयको ६७ औँ वार्षिक दिवस समारोहमा सहभागी हुन पुगेका शिक्षामन्त्री सस्मित पोखरेलविरुद्ध युवाहरूले प्रदर्शन गरेका छन्।
‘नेपो बेबी मुर्दावाद’ लगायतका नारा लगाउँदै कीर्तिपुरमा प्रदर्शनमा उत्रिएका केही युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रदर्शनकारीहरूले विश्वविद्यालयमा राजनीतिक हस्तक्षेप बन्द गर्न र योग्यता प्रणाली (मेरिटोक्रेसी) लागू गर्न माग गरेका छन्। साथै, उनीहरूले विश्वविद्यालयको कुलपतिमा प्रधानमन्त्री र सहकुलपतिमा शिक्षामन्त्री हुने हालको व्यवस्था समेत खारेज हुनुपर्ने धारणा राखेका छन्।




