काठमाडौं । रास्वपा सभापति रवि लामिछाने चीन जाने तयारीमा छन् । उच्च सरकारी स्रोतका अनुसार अगस्टको दोस्रो साता उनीसहितको चार सदस्यीय रास्वपा प्रतिनिधिमण्डल बेइजिङ जाने भएको हो ।
चीनको उच्च तहमा भेट हुने भनिए पनि नाम खुलाइएको छैन । विदेशमन्त्री वाङ यी र पार्टीका उच्च नेतासँग भेट हुने पक्कापक्की छ ।




