डाक्टर केसीको अनशनले गेटा विश्वविद्यालय सञ्चालन रोकिने भन्दै धनगढीमा विरोध

प्रकाशित मिति:

धनगढी । स्वास्थ्य क्षेत्र सुधारको माग राख्दै आएका डाक्टर गोविन्द केसी धनगढीमा पुनः अनशन बस्ने भएका छन्।

चिकित्सा शिक्षा आयोगका गैरकानुनी नियुक्ति बदर र ऐन संशोधनलगायतका पाँचबुँदे माग राख्दै उनी धनगढी-१ स्थित कृष्ण मन्दिरको धर्मशालामा अनशन बस्न लागेका हुन्।

डाक्टर केसीले गेटास्थित सहिद दशरथ चन्द मेडिकल विश्वविद्यालयका पदाधिकारीको नियुक्ति बदर हुनुपर्ने माग समेत अघि सारेका छन्। सरकारले यसै शैक्षिक सत्रदेखि एमबिबिएस अध्यापन सुरु गर्ने तयारी गरिरहेका बेला केसीले अनशन थालेपछि गेटा विश्वविद्यालय सञ्चालनमा बाधा पुग्ने भन्दै स्थानीयले आलोचना गरेका छन्।

ताजा समाचार