कैलालीमा सर्पको टोकाइबाट बालकको मृत्यु, उपचारमा लापरबाही भएको परिवारको आरोप

प्रकाशित मिति:

कैलाली । कैलालीमा सर्पको टोकाइबाट एक नौ वर्षीय बालकको मृत्यु भएको छ।

घोडाघोडी नगरपालिका–१ का युवराज नेपालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो। सोमबार राति घरमै सर्पले टोकेपछि उनलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल ल्याइएको थियो।

मृतकका परिवारले उपचारमा चिकित्सकको ढिलाइ र लापरबाही भएका कारण बालकको ज्यान गएको आरोप लगाएका छन्। अस्पताल प्रशासनले भने बालकलाई ल्याउँदा नै अवस्था गम्भीर रहेको र बचाउन सम्भव नभएको जनाएको छ। घटनाको निष्पक्ष छानबिन हुनुपर्ने माग स्थानीय र पीडित पक्षले गरेका छन्।

ताजा समाचार