पौडी खेल्ने क्रममा कैलालीको गोदावरीमा डुबेर १५ वर्षीय किशोरको मृत्यु

प्रकाशित मिति:

कैलाली । कैलालीको गोदावरी नगरपालिका–४ हाटखोलीस्थित खोलामा पौडी खेल्ने क्रममा डुबेर १५ वर्षीय पुष्पराज चौधरीको मृत्यु भएको छ।
जोशीपुर घर भई हाल धनगढी–७ मनेहरा बस्दै आएका चौधरी साथीहरूसँग पौडी खेल्न हाटखोली पुगेका थिए। पौडी खेल्ने क्रममा डुबेका उनलाई उद्धार गरी धनगढीको निसर्ग अस्पताल पुर्‍याइए पनि साँझ ५ बजेतिर डाक्टरले मृत घोषणा गरेका हुन्।
शवलाई परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ भने प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको छ।

ताजा समाचार