त्रिवि एमबिएसको प्रश्नपत्र लिक प्रकरण: सिआइबीको फन्दामा परे आरोपीहरू, छानबिन समिति गठन

प्रकाशित मिति:

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको एमबिएस परीक्षाको प्रश्नपत्र सामाजिक सञ्जालमा बाहिर्याएको आरोपमा केही व्यक्ति पक्राउ परेका छन्।

शिक्षा मन्त्रीको निर्देशन लगत्तै सिआइबीले उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ। साउन ८ गते परीक्षा सुरु हुनासाथ प्रश्नपत्र बाहिरिएपछि डिन कार्यालयले पनि प्रहरीमा उजुरी दिएको थियो। यता त्रिभुवन विश्वविद्यालयले प्राध्यापक डाक्टर अच्युत ज्ञवालीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गर्दै सात दिनभित्र प्रतिवेदन पेस गर्न निर्देशन दिएको छ।

ताजा समाचार