काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वउपसभापति गोपालमान श्रेष्ठको उपचारका क्रममा निधन भएको छ। कांग्रेस उपसभापति विश्वप्रकाश शर्माका अनुसार पेटको क्यान्सरबाट पीडित नेता श्रेष्ठको स्वास्थ्य अवस्था गम्भीर बनेकोमा आज उपचारकै क्रममा निधन भएको हो।




