काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व उपाध्यक्ष रवीन्द्र मिश्रले पूर्व नवयुवराज हृदयन्द्र वीरविक्रम शाहलाई ‘सरकार’ सम्बोधन गर्दै जन्मदिनको शुभकामना दिएका छन्। सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै मिश्रले हृदयन्द्र ढिलोचाँडो राजाका रूपमा गद्दीमा आसीन हुने दाबी गर्दै त्यसका लागि तयार रहन सुझाव दिएका हुन्।
हृदयन्द्रलाई विश्वकै कठिनमध्येको जिम्मेवारीका लागि मानसिक, भावनात्मक र बौद्धिक रूपमा तयार रहन आग्रह गर्दै मिश्रले उनको शालिनता र गरिमाको प्रशंसा गरेका छन्। नेपालको वर्तमान राजनीतिक अवस्था र भू-राजनीतिक संवेदनशीलतालाई औंल्याउँदै उनले देशमा राजसंस्थाको पुनर्स्थापना अपरिहार्य रहेको जिकिर गरेका छन्।
गत भदौ २३ र २४ गतेका घटना स्मरण गर्दै मिश्रले राजसंस्था नभएकै कारण विदेशी शक्तिले खेल्ने मौका पाएको र देशको भविष्य संकटमा पर्न सक्ने चेतावनी दिएका छन्। ‘विचारभन्दा माथि देश’ र ‘देशका लागि नरेश’ को नारालाई जोड दिँदै उनले देशको संरचनागत पुनरावलोकन नगरिए मुलुक अस्तित्वको संकटमा पर्न सक्ने बताएका छन्।




