काठमाडौं । प्रतिनिधिसभाका सभामुख डीपी अर्यालले सदनमा उठेका विषयहरूको जवाफ दिन प्रधानमन्त्री बालेन शाहलाई रुलिङ गरेका छन्।
बैठकको सुरुआतमा विपक्षीले उठेर विरोध जनाएपछि सभामुख अर्यालले प्रधानमन्त्रीलाई सदनमा उपस्थित भई स्पष्टीकरण दिन निर्देशन दिएका हुन्।
सभामुख अर्यालले बैठकमा भने, “प्रतिनिधिसभा नियमावली २०८३ को नियम ५६ बमोजिम प्रधानमन्त्री वा प्रधानमन्त्रीको कार्यक्षेत्रसँग सम्बन्धित महत्त्वपूर्ण विषयमा प्रश्न उत्तरको माग गर्दै गरिरहनुभएको विरोधप्रति मेरो ध्यानाकर्षण भएको छ। यसै सन्दर्भमा प्रतिनिधि सभाको बैठकमा उपस्थित भई नियमावलीको नियम ५६, ५७, ५८, ५९ र ६० बमोजिम सदस्यहरूको प्रश्नको जवाफ दिन म प्रधानमन्त्रीलाई निर्देश गर्दछु।”
विपक्षीले प्रधानमन्त्री बालेन शाहको सीमासम्बन्धी विवादित अभिव्यक्ति सच्याउनुपर्ने माग राख्दै लगातार सदनमा विरोध जनाउँदै आएका छन्।




