कैलाली । गोठ निर्माण गर्ने क्रममा विद्युत्को तारबाट करेन्ट लागेर सुदूरपश्चिम प्रदेश नीति तथा योजना आयोगका एक कर्मचारीको मृत्यु भएको छ।
मृत्यु हुनेमा धनगढीस्थित आयोगको कार्यालयमा कम्प्युटर अपरेटर पदमा कार्यरत ३३ वर्षीय जितबहादुर मयाल रहेका छन्। सोमबार साँझ आफ्नै घर नजिकै गोठ बनाउने क्रममा उनलाई विद्युत्को तारबाट करेन्ट लागेको थियो। करेन्ट लागेर गम्भीर घाइते भएका मयाललाई उपचारका लागि तत्काल लालरत्न अस्पताल, लम्की लगिएकोमा उपचारकै क्रममा निधन भएको प्रहरीले जनाएको छ।




