कैलाली । कैलालीको धनगढीमा अवैध सामानसहित एक महिला पक्राउ परेकी छिन्। धनगढी उपमहानगरपालिका–७ देवरियाकी ३८ वर्षीया निर्मला जोशीलाई भारतबाट भन्सार छली ल्याइएका अवैध सामानसहित प्रहरीले पक्राउ गरेको हो।
जोशीले घरमा भण्डारण गरी राखेको अवस्थामा अन्दाजी १ लाख ४२ हजार रुपैयाँ बराबरको कुर्ति, धोति र गाउन लगायतका सामान बुधबार दिउँसो फेला पारिएका हुन्। जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले सामान बरामद गरी जोशीलाई नियन्त्रणमा लिएको छ।
बरामद सामान र पक्राउ परेकी जोशीलाई आवश्यक कारबाहीका लागि भन्सार कार्यालय त्रिनगर, कैलालीमा पठाइएको छ।




