रसुवा बाढी अपडेट: १७७ जनाको शव फेला, २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन

प्रकाशित मिति:

काठमाडौं । रसुवामा आएको भीषण बाढीका कारण हालसम्म १७७ जनाको शव फेला परेको छ। प्रहरीको पछिल्लो अपडेट अनुसार सबैभन्दा धेरै चितवनमा ६९ वटा र नवलपरासी पूर्वमा ३२ वटा शव फेला परेका छन्। यस्तै धादिङमा २७, गोरखामा २०, नुवाकोटमा १२, तनहुँमा ९, नवलपरासी पश्चिममा ६ र रसुवामा २ वटा शव भेटिएका छन्।

बाढीका कारण प्रभावित क्षेत्रमा खटिएका मध्ये २८ जना प्रहरी कर्मचारीहरू अझै सम्पर्कमा आएका छैनन्। प्रहरी चौकी रसुवागढीका ९ मध्ये १ जना, इलाका प्रहरी कार्यालय टिमुरेका २३ मध्ये १३ जना, स्याफ्रुबेँसीका ८ मध्ये ५ जना, मैलुङका ८ मध्ये ३ जना, बेत्रावतीका १० मध्ये ९ जना र हाकुका ६ मध्ये ५ जना मात्र सम्पर्कमा आएका छन्।

उद्धार तथा खोजीका लागि प्रभावित क्षेत्रमा ३ हजार ३१८ जना प्रहरी परिचालन गरिएको छ। विपद्‌मा घाइते भएका ३३ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। जसमा त्रिवि शिक्षण अस्पतालमा १९, ट्रमा सेन्टरमा ८, वीर र नर्भिक अस्पतालमा २-२ जना तथा बिरेन्द्र सैनिक र मनमोहन अस्पतालमा १-१ जना उपचाररत छन्।

ताजा समाचार