भोटेकोशी बाढी: सुदूरपश्चिमका चार सुरक्षाकर्मीसहित ८५ जना सम्पर्कविहीन

प्रकाशित मिति:

सुदूरपश्चिम । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि सुदूरपश्चिमका विभिन्न जिल्लाका ८५ जना सम्पर्कविहीन भएका छन्। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार सम्पर्कविहीन हुनेहरूमा नेपाल प्रहरीका तीन र सशस्त्र प्रहरीका एक गरी चार जना सुरक्षाकर्मीसमेत रहेका छन्।

प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदमबहादुर बिष्टका अनुसार परिवार तथा आफन्तसँग सम्पर्क हुन नसकेकाहरूमा सबैभन्दा धेरै कञ्चनपुरका २९ जना छन्। यस्तै, कैलालीका २०, डडेल्धुराका १५, बाजुराका १४, बैतडीका चार, डोटीका दुई र अछामका एक जना रहेका छन्।

प्रभावित क्षेत्रमा खोजी तथा उद्धार जारी रहेकाले सम्पर्कविहीन हुनेको सङ्ख्या अझै बढ्न सक्ने र जिल्ला-जिल्लाबाट थप विवरण संकलन गर्ने काम भइरहेको एसएसपी बिष्टले जानकारी दिएका छन्।

ताजा समाचार