सुदूरपश्चिम । सुदूरपश्चिम विश्वविद्यालयले सञ्चालनको तयारीमा रहेका विभिन्न छात्रवृत्ति तथा प्रवेश परीक्षाहरू अर्को सूचना नभएसम्मका लागि स्थगित गरेको छ। भोटेकोशी नदीमा आएको भीषण बाढी र त्यसपछिको प्राकृतिक विपत्तिका कारण देशभर उत्पन्न असहज परिस्थिति र यातायात प्रभावित भएकाले परीक्षार्थीको सुरक्षालाई मध्यनजर गर्दै परीक्षा स्थगित गरिएको हो।
विश्वविद्यालयका अनुसार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट प्राप्त सूचनाका आधारमा आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरूमा सञ्चालन हुन लागेका सम्पूर्ण परीक्षाहरू रोकिएका हुन्। स्थगित भएका परीक्षाहरूको नयाँ मिति र समयबारे विश्वविद्यालयले पछि सूचना प्रकाशित गर्ने जनाएको छ।





