कञ्चनपुर। लगातारको वर्षाका कारण महाकाली नदीमा पानीको बहाव तीव्र रूपमा बढेको छ। नदीमा पानीको बहाव १ लाख ८ हजार ९९२ क्युसेक पुगेपछि सुरक्षालाई मध्यनजर गर्दै नेपाल-भारत सीमा जोड्ने शारदा ब्यारेज (बनबासा पुल) मा चारपाङ्ग्रे सवारी साधनको आवतजावत बन्द गरिएको छ।
स्थानीय प्रशासनका अनुसार आज बिहान ६:०० बजेदेखि लागू हुने गरी बनबासा पुलमा चारपाङ्ग्रे सवारी साधन चलाउन रोक लगाइएको हो। नदीमा पानीको सतह उच्च भएपछि पुलको सुरक्षाका लागि भारतीय पक्षले ठूला सवारी साधन सञ्चालनमा रोक लगाउने गर्दछ।
महाकाली नदीमा पानीको बहाव बढेसँगै तटीय क्षेत्रमा बाढी र कटानको जोखिम बढेको छ। प्रशासनले नदी किनारका बासिन्दाहरूलाई उच्च सतर्कता अपनाउन र सुरक्षित स्थानमा रहन आग्रह गरेको छ।
महाकालीमा पानीको बहाव १ लाख ८ हजार क्युसेक नाघ्यो, बनबासा पुलमा चारपाङ्ग्रे सवारी साधन सञ्चालनमा रोक
प्रकाशित मिति:




