काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले दोस्रो जित दर्ता गरेको छ। नेपालले आयोजक मलेसियालाई ६ विकेटको फराकिलो अन्तरले पराजित गरेको हो।
टस हारेर पहिले ब्याटिङ गरेको मलेसिया १०३ रनमै समेटिएको थियो। मलेसियालाई सस्तैमा समेट्न नेपालका करण केसीले कसिलो बलिङ गर्दै ४ विकेट लिएका थिए।
१०४ रनको विजयी लक्ष्य नेपालले २१ दशमलव ४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो। नेपालको जितमा ओपनर अर्जुन कुमालले नटआउट रहँदै सर्वाधिक ४५ रनको योगदान दिए भने इशान पाण्डेले २० रन बनाए।




