होटल सङ्घ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा प्रकाशचन्द्र भट्ट सर्वसम्मत चयन

प्रकाशित मिति:

धनगढी। होटल सङ्घ नेपाल (हान) सुदूरपश्चिम प्रदेश समितिको अध्यक्ष पदमा प्रकाशचन्द्र भट्ट सर्वसम्मत रूपमा निर्वाचित भएका छन्। धनगढीमा सम्पन्न सङ्घको प्रथम साधारण सभाले भट्टको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध चयन गरेको हो।

नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा जगदीशचन्द्र भट्ट, उपाध्यक्षमा पदम भण्डारी र महासचिवमा धर्क शाह चयन भएका छन्।

यस्तै कार्यसमिति सदस्यहरूमा शारदा शाह, नवराज जोशी, ज्ञानेन्द्र गुप्ता, चन्द्रप्रकाश ओली, पदम विक्रम सिंह, भुवन सिंह भण्डारी, नागेन्द्र खड्का, दिपेश शाह, पशुपति कुँवर र बसन्ता भण्डारी रहेका छन्।

साधारण सभामा बोल्दै होटल सङ्घ नेपाल (हान) का केन्द्रीय अध्यक्ष विनायक शाहले नयाँ कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई बधाई दिँदै कार्यकालको सफलताका लागि शुभकामना दिएका छन्।

ताजा समाचार