बाजुरा । बाजुराको जगन्नाथ गाउँपालिकामा खोला तर्ने क्रममा बगेर एक किशोर बेपत्ता भएका छन्। बेपत्ता हुनेमा जगन्नाथ गाउँपालिका–३ का अनुज सिंह रहेका छन्।
मङ्गलबार दिउँसो बाख्रा चराएर फर्कने क्रममा स्थानीय कालसिङ्गे खोला तर्दा उनलाई खोलाले बगाएको हो। घटनाबारे स्थानीयले जानकारी गराएपछि प्रहरी चौकी जुड्डीबाट खटिएको प्रहरी टोलीले बेपत्ता किशोरको खोजी कार्य तीव्र बनाएको छ।




