सुदूरपश्चिमलगायतका क्षेत्रमा वर्षा घट्दै : न्यूनचापीय रेखा कमजोर, रातिदेखि मौसम सफा हुने

प्रकाशित मिति:

सुदूरपश्चिम । भारतको उत्तर प्रदेश आसपास केन्द्रित न्यूनचापीय प्रणाली कमजोर बन्दै गएसँगै सुदूरपश्चिमलगायत देशभर वर्षाको प्रभाव क्रमशः घट्दै गएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो केही भूभागमा वर्षा जारी रहे पनि रातिदेखि मौसममा उल्लेखनीय सुधार आउने छ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार न्यूनचापीय क्षेत्र नेपालको सुदूरपश्चिम र लुम्बिनी प्रदेशको दक्षिणी भूभाग आसपास रहेकाले ती क्षेत्रमा मौसमी गतिविधि बढी देखिएको थियो। गएराति बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावासमेत थपिँदा मुलुकका मध्य तथा पश्चिमी भेगमा ठूलो वर्षा भएको थियो।

उक्त प्रणाली अहिले विस्तारै कमजोर भइसकेकाले सुदूरपश्चिम तथा अन्य प्रदेशमा जारी झरी मत्थर हुन थालेको छ। आज दिउँसो सुदूरपश्चिमका हिमाल, पहाड र तराईका अधिकांश भूभागमा मध्यम वर्षा हुने पूर्वानुमान छ। यस्तै मधेश प्रदेश, बागमतीको तल्लो भेग, चितवन आसपास, गण्डकीका पहाडी क्षेत्र र सुदूरपश्चिमका एक–दुई स्थानमा मात्र भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। रातिदेखि भने भारी वर्षाको सम्भावना नरहेको र मौसम क्रमशः सफा हुँदै जाने मौसमविद् अधिकारीले जानकारी दिनुभयो।

ताजा समाचार