बाजुरा । बाजुराको बुढीगंगा नगरपालिका वडा नम्बर २ मा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। परिवन सामुदायिक वनभित्र रहेको केन्द्रीय विद्युत् लाइनको पोलबाट करेन्ट लाग्दा स्थानीय ४२ वर्षीय धनबहादुर केसीको घटनास्थलमै ज्यान गएको हो।
आइतबार राति पौने १० बजे जानकारी पाएपछि बल्देस्थित अस्थायी प्रहरी बेस क्याम्पबाट प्रहरी सहायक हवल्दार रतनबहादुर साउदको टोली घटनास्थल पुगेको थियो। घटनाको कारणबारे प्रहरीले अनुसन्धान अगाडि बढाएको छ।




