सुदूरपश्चिममा बजेट शून्यताप्रति कांग्रेसको आपत्ति : अध्यादेशको बाटो नरोक्न चेतावनी

प्रकाशित मिति:

धनगढी । सुदूरपश्चिम प्रदेशमा लामो समयदेखि बजेट आउन नसकेको विषयमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ। मुख्यमन्त्री खगराज भट्ट नेतृत्वको सरकार गठन भएको करिब ५५ दिन पुगिसक्दा पनि प्रदेश बजेटविहीन रहँदा नियमित प्रशासनिक काम, विकास निर्माण र कर्मचारीको तलब–भत्तासमेत प्रभावित भएको कांग्रेसले जनाएको छ।

कांग्रेस सुदूरपश्चिम संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री कमलबहादुर शाहले विज्ञप्ति जारी गर्दै प्रदेशसभा चलिरहेका बेला सदनलाई छलेर अध्यादेशमार्फत बजेट ल्याउने प्रयास भए त्यो संसदीय अभ्यास र लोकतान्त्रिक मर्मविपरीत हुने भन्दै कडा विरोध जनाएका छन्। आफ्नै पूर्वघोषणा अनुसार असोज २१ गते बजेट ल्याउन नसकेको सरकारले बजेट तयारी गर्न नसकेको दाबी गर्दै कांग्रेसले बजेटसम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेकाले अदालतको आदेश नआएसम्म प्रक्रिया अघि नबढाउन माग गरेको छ।

ताजा समाचार