महेन्द्रनगरमा दुई दिने ओम शान्ति चैतन्य झाँकी र उत्प्रेरणात्मक कार्यक्रम हुँदै

प्रकाशित मिति:

महेन्द्रनगर । प्रजापिता ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालयको आयोजनामा महेन्द्रनगरमा आगामी असोज २९ र ३० गते दुई दिने ‘ओम शान्ति चैतन्य झाँकी प्रदर्शन तथा उत्प्रेरणात्मक कार्यक्रम’ आयोजना हुने भएको छ। बडा दसैँ तथा विजयादशमीको अवसर पारेर महेन्द्र स्मारक चोकमा चरित्र निर्माण, सकारात्मक सोच र आत्मजागरणका लागि उक्त कार्यक्रम गर्न लागिएको हो।

कार्यक्रममा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त उत्प्रेरक वक्ता रमण भट्टराईले दिउँसो ३:३० देखि ५:३० बजेसम्म तनाव व्यवस्थापन, सकारात्मक सोच र चरित्र निर्माणबारे विशेष प्रस्तुति दिनेछन्। त्यसपछि साँझ ५:३० बजेदेखि नारी शक्ति जागरण र आन्तरिक प्रेरणा अभिवृद्धिका लागि चैतन्य देवीहरूको जीवन्त झाँकी प्रदर्शनका साथै विभिन्न विद्यालयका विद्यार्थीहरूद्वारा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिने आयोजकले जनाएको छ। दैनिक जीवनमा बढ्दै गएको मानसिक तनाव नियन्त्रण गर्न र समाजमा सकारात्मक ऊर्जा प्रवाह गर्न कार्यक्रम फलदायी हुने विश्वास लिइएको छ।

ताजा समाचार