यी हुन् प्रधानमन्त्री शाहको दिल्ली भ्रमणमा भएका ८ समझदारी

प्रकाशित मिति:
spot_img

काठमाडौं । नेपाल र भारतबिच विभिन्न आठ क्षेत्रमा द्विपक्षीय सहकार्य गर्ने विषयमा समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ । प्रधानमन्त्री बालेन्द्र शाहको भारतको राजकीय भ्रमणका क्रममा सोमबार नयाँदिल्लीमा दुवै देशबिच फरेन्सिक विज्ञान, प्रहरी प्रशिक्षण, प्रशासनिक तालिम, आयुर्वेद, स्याटेलाइट सञ्चार, सहरी विकास, स्वास्थ्य सेवा तथा पशुपालन र मत्स्यपालन क्षेत्रमा सहकार्य गर्ने समझदारी भएको हो ।

समझदारीअनुसार गुजरातको गान्धीनगरस्थित राष्ट्रिय फरेन्सिक विज्ञान विश्वविद्यालय र नेपाल प्रहरीको अपराध अनुसन्धान विभागबिच अध्ययन तथा अनुसन्धानमा सहकार्य हुनेछ । यस्तै, भारतको राष्ट्रिय रक्षा विश्वविद्यालय र नेपालको राष्ट्रिय प्रहरी एकेडेमीबिच प्रहरी प्रशिक्षणका लागि तथा भारतको सुशासन केन्द्र र नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (स्टाफ कलेज) बिच नेपाली सरकारी अधिकारीलाई तालिम दिने समझदारी भएको छ ।

यसैगरी, भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) र नेपालको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबिच दक्षिण एसिया स्याटेलाइट प्रयोगका लागि स्याटेलाइट सञ्चार सञ्जाल निर्माण गर्ने सहमति जुटेको छ । दुवै देशले आयुर्वेद र परम्परागत चिकित्सा पद्धति, दिगो सहरी विकासमा प्राविधिक सहकार्य, स्वास्थ्य सेवा तथा पशुपालन र मत्स्यपालन विकासका क्षेत्रमा समेत मिलेर काम गर्ने समझदारी गरेका छन् ।

spot_img

ताजा समाचार