भारतमा सवारी दुर्घटना हुँदा बाजुराका चेतराज केसीको मृत्यु, श्रीमती गम्भीर घाइते

प्रकाशित मिति:
spot_img

बाजुरा । भारतको बरेलीमा भएको सवारी दुर्घटनामा परी बाजुराको बुढीगङ्गा नगरपालिका–४, ठुलीचौरका चेतराज केसीको मृत्यु भएको छ । रोजगारीका सिलसिलामा भारत जाने क्रममा गत आइतबार बेलुकी उनी सवार जिप बससँग ठोक्किँदा घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा केसीकी श्रीमतीसमेत गम्भीर घाइते भएकी छन् । तिहार बिदामा भारतमा रहेका आमाबुबा भेट्न गएका दुई छोरीलाई विद्यालय खुलेपछि धनगढी पुर्‍याउन केसी दम्पती नेपाल आएका थिए । धनगढीमा अध्ययनरत छोरीहरूलाई विद्यालय छाडेर उनीहरूको पढाइ खर्च जुटाउन भारत फर्किने क्रममा केसी दम्पती दुर्घटनामा परेका हुन् ।

बुढीगङ्गा नगरपालिका–४ का स्थानीय रामचन्द्र गिरीका अनुसार मृतक केसीको शव हाल बरेलीमै राखिएको छ । शव बुझेर बाजुरा ल्याई दाहसंस्कार गर्न आजै (सोमबार) गाउँबाट केही आफन्तहरू भारतको बरेलीतर्फ प्रस्थान गरेका छन् ।

spot_img

ताजा समाचार