कैलालीमा मापसे चेकिङका प्रहरीलाई मोटरसाइकलको ठक्कर, तीन प्रहरी घाइते

प्रकाशित मिति:

धनगढी । कैलालीको धनगढीमा मादक पदार्थ सेवन (मापसे) जाँचमा खटिएका तीन जना प्रहरी कर्मचारीलाई तीव्र गतिको मोटरसाइकलले ठक्कर दिँदा घाइते भएका छन्। धनगढी उपमहानगरपालिका–२ स्थित पेट्रोल पम्प नजिकै बुधबार राति करिब आठ बजे ट्राफिकसहितको संयुक्त टोलीले चेकिङ गरिरहेका बेला दुर्घटना भएको हो।

कञ्चनपुरको पुनर्वास नगरपालिका–११ का २३ वर्षीय आशिष चौधरीले चलाएको से ३ प ८९५० नम्बरको मोटरसाइकलको ठक्करबाट सुदूरपश्चिम प्रदेश प्रहरी गणमा कार्यरत प्रहरी हवल्दार राधिका कुमारी शाही, प्रहरी हवल्दार उज्वलसिंह साउँद र प्रहरी सहायक हवल्दार कमला खत्री घाइते भएका छन्। घाइतेहरूको धनगढीस्थित नवजीवन अस्पतालमा उपचार भइरहेको र उनीहरूको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ। घटनालगत्तै प्रहरीले चालक चौधरीसहित पछाडि सवार १७ वर्षीय समीर चौधरी र मोटरसाइकललाई नियन्त्रणमा लिएर थप अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

ताजा समाचार