काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव परेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार यस प्रणालीको प्रभावका कारण आज र भोलि देशका पहाडी तथा हिमाली भू–भागमा वर्षा र हिमपातको सम्भावना छ।
महाशाखाका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका थोरै स्थान तथा पहाडी क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा तथा हिमपात हुनसक्नेछ। यस्तै कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भू–भागमा पनि हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। तराईका भू–भागमा मौसम मुख्यतया सफा रहने भए पनि बिहानीपख केही स्थानमा हुस्सु र कुहिरो लाग्ने पूर्वानुमान गरिएको छ।






