कञ्चनपुर । ७१औँ प्रहरी दिवस २०८३ को अवसरमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा विभिन्न कार्यक्रम आयोजना गरी प्रहरी दिवस मनाइएको छ।
कार्यक्रममा पूर्वराष्ट्रसेवक प्रहरी कर्मचारी, विभिन्न संघ–संस्थाका प्रतिनिधि तथा कर्मचारी, अमर प्रहरीका परिवारजन र अशक्त प्रहरीका परिवारजनको सहभागिता रहेको थियो।
प्रहरी दिवसका अवसरमा राष्ट्र र नागरिकको सेवामा समर्पित भई कर्तव्यपालनका क्रममा अमरत्व प्राप्त गर्ने प्रहरी कर्मचारीप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनीहरूको योगदानको स्मरण गरिएको थियो। साथै, प्रहरी संगठनमा आबद्ध भई देश र जनताको सुरक्षामा योगदान पुर्याउने सम्पूर्ण प्रहरी कर्मचारीको सेवाभाव, त्याग र समर्पणको सम्मान गरिएको थियो।
कार्यक्रमले प्रहरी र नागरिकबीचको सम्बन्धलाई अझ सुमधुर बनाउँदै शान्ति, सुरक्षा तथा अमनचयन कायम गर्न सबै पक्षबीच सहकार्य आवश्यक रहेको सन्देश दिएको छ।






