कञ्चनपुरमा नयाँ प्रविधि : वन्यजन्तु बस्ती पसे साइरन बज्ने, मोबाइलमा सन्देश जाने

प्रकाशित मिति:
spot_img

कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट आउने वन्यजन्तुका कारण हुने मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ मा स्वचालित पूर्वसूचना प्रणाली जडान गरिएको छ। भीमदत्त नगरपालिका र कनेक्ट परियोजनाको करिब १० लाख रुपियाँको लागत साझेदारीमा यो प्रविधि जडान गरिएको हो।

वडाध्यक्ष जगुराम थारु चौधरीका अनुसार निकुञ्जबाट जङ्गली हात्ती, गैँडा, चितुवा, बँदेल र नीलगाईजस्ता जनावर बस्ती प्रवेश गर्नासाथ प्रणालीले स्वचालित रूपमा फोटो खिच्ने, साइरन बजाउने र स्थानीयवासी तथा सुरक्षाकर्मीको मोबाइलमा सन्देश पठाउने व्यवस्था गरिएको छ। कनेक्ट परियोजनाका प्रमुख मनोजप्रसाद ओझाले जनावर बस्ती पस्दा निकुञ्जका कर्मचारी, नेपाली सेनाको सुरक्षा पोस्ट र स्थानीय बासिन्दा गरी एकैपटक ४० जनाको मोबाइलमा तत्काल अलर्ट जाने जानकारी दिएका छन्। रातिको समयमा वन्यजन्तुले अन्नबाली नष्ट गर्ने तथा मानवीय क्षति पुर्‍याउने जोखिम रहेकाले किसानहरूलाई समयमै सतर्क रहन यो प्रणाली निकै प्रभावकारी हुने विश्वास गरिएको छ।

spot_img

ताजा समाचार