धनुषामा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु : दुई जना घाइते

प्रकाशित मिति:
spot_img

जनकपुरधाम । धनुषाको सबैला नगरपालिका–५ मखनाहास्थित भित्री सडकखण्डमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

सबैलाबाट धनुषाधामतर्फ जाँदै गरेको मधेस प्रदेश ०२–०१ प ६४४९ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको ना ६ ख ९०३१ नम्बरको बसले गएराति ठक्कर दिएको थियो। दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक धनुषाधाम नगरपालिका–७ निवासी २० वर्षीय धीरज मण्डललाई उपचारका लागि तत्काल जनकपुरधामस्थित प्रादेशिक अस्पताल पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालका अनुसार दुर्घटनामा मोटरसाइकलको पछाडि सवार १६ वर्षीय नीरज मण्डल र लक्ष्मीनियाँ गाउँपालिका–२ निवासी २० वर्षीय राकेश मण्डल घाइते भएका छन्। घाइतेमध्ये नीरजको अवस्था गम्भीर रहेको र दुवै जनाको जनकपुरधामस्थित योगी ट्रमा सेन्टरमा उपचार भइरहेको छ। प्रहरीले ठक्कर दिने बस र चालक धनुषाधाम–२ का २२ वर्षीय नागेन्द्र महरालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान सुरु गरेको छ।

spot_img

ताजा समाचार