सप्तकोशीमा पौडी खेल्ने क्रममा बेपत्ता युवक मृत फेला

प्रकाशित मिति:
spot_img

सुनसरी । सप्तकोशी नदीमा पौडी खेल्ने क्रममा आइतबार साँझ बेपत्ता भएका बराहक्षेत्रका एक युवक आज बिहान मृत फेला परेका छन्।

बराहक्षेत्र नगरपालिका–१० बकुल्लाचाप निवासी २३ वर्षीय ओसन कोइरालाको शव फेला परेको हो। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्द्रबहादुर खड्काका अनुसार नदीमा डुबेर बेपत्ता भएका कोइरालाको शव आज बिहान फेला परेपछि परीक्षण (पोस्टमार्टम) का लागि इनरुवास्थित जिल्ला अस्पताल पठाइएको छ।

spot_img

ताजा समाचार