इलाम । इलामको देउमाई नगरपालिकामा आज बिहान बोलेरो दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ।
देउमाई नगरपालिका वडा नम्बर एक चमैतास्थित चौरीबजारतर्फ जाँदै गरेको बोलेरो आफैँ अनियन्त्रित भई सडकबाट खसेको हो। दुर्घटनामा बोलेरोका चालक सोही ठाउँका एक्काइस वर्षीय विपिन दियालीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए। घटनाको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ।







