चितवनको धारापानीमा तीन सवारीसाधन एकापसमा ठोक्किँदा ११ जना घाइते

प्रकाशित मिति:
spot_img

चितवन । पृथ्वी राजमार्ग अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४, धारापानीमा बस, ट्रक र माइक्रोबस एकापसमा ठोक्किँदा ११ जना घाइते भएका छन्।

सर्लाहीबाट काठमाडौँ आउँदै गरेको बागमती प्रदेश ०३–००१ ख २७७७ नम्बरको बस, काठमाडौँबाट मुग्लिनतर्फ जाँदै गरेको प्रदेश १–०२–००२ ख ०६१६ नम्बरको ट्रक र बुटवलबाट काठमाडौँतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००१ ज १२५९ नम्बरको माइक्रोबस आज बिहान ८:४५ बजे एकापसमा जुधेका हुन्।

दुर्घटनालगत्तै उद्धारका लागि सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट ६६ जनाको टोली परिचालन गरिएको थियो। घाइतेहरूको स्थानीय स्वास्थ्य संस्था तथा कुरिनटारस्थित सशस्त्र प्रहरी बलको ट्रमा सेन्टरमा उपचार भइरहेको सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता एवं प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिनुभएको छ। दुर्घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

spot_img

ताजा समाचार