कञ्चनपुरमा ६ जना फरार प्रतिवादी पक्राउ, तीन जना कारागार चलान

प्रकाशित मिति:
spot_img

कञ्चनपुर । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले विभिन्न मुद्दामा अदालतबाट फैसला भई फरार रहेका ६ जना प्रतिवादीलाई पक्राउ गरेको छ। पक्राउ परेकामध्ये तीन जनालाई जिल्ला अदालतको आदेशमा कारागार चलान गरिएको छ भने तीन जना जरिबाना तिरेर छुटेका छन्।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको विशेष प्रहरी टोलीले आइतबार उनीहरूलाई पक्राउ गरेको हो। कारागार चलान हुनेहरूमा लागुऔषध मुद्दामा पाँच महिना कैद र सात हजार रुपियाँ जरिबाना तोकिएका महेश डगौरा तथा बैंकिङ कसुर मुद्दामा एक महिना कैद र पच्चिस हजार रुपियाँ जरिबाना ठहर भएका दिनेश खत्री रहेका छन्।

यसै गरी लागुऔषध मुद्दाकै अर्का प्रतिवादी दानबहादुर रोकायालाई अदालतको आदेशबमोजिम पुर्पक्षका लागि कारागार पठाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक टेकबहादुर रावतले जानकारी दिनुभयो।

spot_img

ताजा समाचार