काठमाडौं । राजनीतिक दलमा जिम्मेवारी लिएका तीन जना सरकारी कर्मचारीमाथि कानुनी कारबाही गर्न सिफारिस गरिएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा परेको उजुरीका आधारमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र सम्बन्धित मन्त्रालयमा कारबाहीका लागि सिफारिस गरिएको हो ।
रास्वपा सचिवालयका अनुसार तीनै जना कर्मचारी काठमाडौंका हुन् । तर, उनीहरू कार्यरत संस्थान र नाम भने सार्वजनिक गरिएको छैन । सार्वजनिक संस्थामा कार्यरत कर्मचारीले राजनीतिक दलमा जिम्मेवारी लिएको विषयमा पार्टीमा उजुरी परेको हो ।







