एलपी ग्यास उद्योग गाभ्ने प्रक्रिया अघि बढाउँदै आयल निगम : कार्ययोजना बनाउन पत्राचार

प्रकाशित मिति:
spot_img

काठमाडौं । नेपाल आयल निगमले देशभर सञ्चालनमा रहेका एलपी ग्यास उद्योगहरूलाई एकापसमा गाभ्ने (मर्जर) प्रक्रिया अघि बढाएको छ। ग्यासको बिक्री वितरण प्रणालीलाई व्यवस्थित, सुरक्षित र भरपर्दो बनाउनुका साथै उपभोक्ता हित प्रवर्द्धन गर्ने उद्देश्यले निगमले यस्तो नीति लिएको हो।

निगमका निर्देशक विनितमणि उपाध्यायका अनुसार बजारमा विभिन्न नाम र ब्रान्डमा छरिएर रहेका ग्यास उद्योगहरूलाई गाभेर थप सबल र प्रभावकारी बनाउन लागिएको हो।

यस प्रक्रियालाई मूर्त रूप दिन निगमले सबै एलपी ग्यास उद्योगहरूलाई औपचारिक पत्र पठाउँदै आपसी समझदारीमा गाभिने कार्ययोजना तय गरी तत्काल काम अगाडि बढाउन आग्रह गरेको छ। उद्योगहरू गाभिएपछि बजार व्यवस्थापन सहज हुने, अस्वस्थ प्रतिस्पर्धा रोकिने र उपभोक्ताले गुणस्तरीय सेवा पाउने विश्वास निगमको छ।

spot_img

ताजा समाचार