तिहार लक्षित झिलिमिली बत्तीको आयात : तीन महिनामा ६४ करोड ५२ लाखको भित्रियो

प्रकाशित मिति:
spot_img

काठमाडौं । तिहार पर्वलाई लक्षित गर्दै चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा ६४ करोड ५२ लाख रुपियाँ बराबरको झिलिमिली बत्ती आयात भएको छ। भन्सार विभागको तथ्याङ्क अनुसार साउनदेखि असोज मसान्तसम्म २८ लाख ५९ हजार थान विद्युतीय झिलिमिली बत्ती नेपाल भित्रिएको हो।

गत आर्थिक वर्षको सोही अवधिमा ५९ करोड ६५ लाख रुपियाँ बराबरका ३८ लाख ९२ हजार थान बत्ती आयात भएका थिए। गत वर्षको तुलनामा यस वर्ष आयात मूल्य करिब आठ प्रतिशतले बढे पनि परिमाणमा भने करिब २७ प्रतिशतले गिरावट आएको छ।

नेपाल विद्युतीय व्यवसायी महासङ्घका पूर्वअध्यक्ष सुदर्शनप्रसाद पौडेलका अनुसार अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्यवृद्धि, अमेरिकी डलरको विनिमय दरमा भएको बढोत्तरी र ढुवानी खर्च महँगिएका कारण विद्युतीय सामग्रीको मूल्य १५ देखि २० प्रतिशतसम्म बढेको छ। मूल्य बढेका कारण परिमाण घटे पनि आयात रकममा भने वृद्धि देखिएको हो।

spot_img

ताजा समाचार