कञ्चनपुरको दोधारा–चाँदनीमा पाटेबाघ मृत फेला

प्रकाशित मिति:
spot_img

कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनीमा एक पाटेबाघ मृत अवस्थामा फेला परेको छ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत नुरेन्द्र अर्यालका अनुसार दोधारा चाँदनी नगरपालिका वडा नम्बर दुई स्थित मायापुरी मध्यवर्ती सामुदायिक वनमा हिजो मङ्गलबार पाटेबाघ मृत भेटिएको हो।

जङ्गलभित्र पाटेबाघ मृत देखेपछि स्थानीयले निकुञ्ज प्रशासनलाई खबर गरेका थिए। घटनास्थलमा निकुञ्ज कार्यालयबाट चिकित्सकसहितको टोली खटिएको छ।

घटनास्थलको मुचुल्का र स्वास्थ्य परीक्षणको प्रतिवेदन आएपछि मात्रै बाघको मृत्युको कारण खुल्ने वरिष्ठ संरक्षण अधिकृत अर्यालले जानकारी दिए।

spot_img

ताजा समाचार