काठमाडौं । निवर्तमान प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले दायर गरेको रिट निवेदनमाथि सर्वोच्च अदालतमा सुनुवाइको बहस सकिएको छ।
न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासमा भएको सुनुवाइपछि बहस सकिएको हो। इजलासबाट अब केहीबेरमा आदेश आउँदैछ।
सरकारले गत कात्तिक अठार गते कार्कीलाई प्रहरी महानिरीक्षकको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार बनाएको थियो। सोही दिन प्रहरी अतिरिक्त महानिरीक्षक डाक्टर मनोज केसीलाई महानिरीक्षकमा बढुवा गरिएको थियो।
मन्त्रिपरिषद्को उक्त निर्णय गैरकानुनी भएको र आफूलाई अन्याय परेको दाबी गर्दै कार्कीले सर्वोच्चमा रिट दायर गरेका थिए। तिहार र छठ बिदापछि मङ्गलबार अदालत खुलेसँगै सर्वोच्च प्रशासनले आजका लागि प्रारम्भिक सुनुवाइ तोकेको थियो।






