रास्वपाका पूर्वमहामन्त्री मुकुल ढकाल र सहमहामन्त्री निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

प्रकाशित मिति:
spot_img

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र हालकी सहमहामन्त्री तथा सांसद निशा डाँगी विवाह बन्धनमा बाँधिने भएका छन् । आगामी मङ्सिर १० गते उनीहरूको विवाह हुन लागेको हो ।

लामो समयदेखिको प्रेम सम्बन्धलाई उनीहरूले दाम्पत्य जीवनमा परिणत गर्न लागेका हुन् । उनीहरूको टीकाटालो यसअघि नै भइसकेको छ ।

तय भएको कार्यतालिकाअनुसार मङ्सिर १० गते विराटनगरबाट जन्ती लिएर झापास्थित निशाको घर जाने तयारी छ । विवाहको तयारीका लागि आज काठमाडौँबाट झापा जाने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेका डा. ढकालले नेपाल प्रेससँगको कुराकानीमा विवाहको पुष्टि गर्नुभएको हो ।

spot_img

ताजा समाचार