गड्डाचौकी नाकामा अनेरास्वयुको हेल्प डेस्क

महेन्द्रनगर जेठ २२ ।
नेकपा ऐमाले निकट भातृ संगठन अनेरास्वयुले नेपालको पश्चिमी नाकामा हेल्प डेस्क सञ्चालनमा ल्याएको छ । भारतबाट आउने नेपाली नागरिकलाई आवश्यक सहयोग गर्न अनेरास्वयु कञ्चनपुरले हेल्प डेस्क सञ्चालनमा ल्याएको हो ।

अनेरास्वयुका नेता एवंम कोभिड–१९ सहजिकरण केन्द्रका संयोजक कमल रोकायाले नाकामा नागरिकलाई आईपर्ने समस्यामा सहयोग गर्न हेल्प डेस्क सञ्चालनमा ल्याईएको बताए । उनले सहजिकरण समितिमार्फत विभिन्न जनचेतना मुलक सन्देश प्रवाह गर्नुका साथै विभिन्न सामाजिक कार्य गरिरहेको बताए ।

नाकामा सञ्चालनमा ल्याईएको हेल्प डेस्कले भारतबाट स्वदेश फर्केका नागरिकलाई स्वास्थ्य समाग्री वितरण, खानेपानि वितरण र स्वास्थ्य सचेतना सम्बन्धी परामर्श दिने लगायतको काम गरिरहेको छ । डेस्कमा अनेरास्वयु आवद्ध व्यत्तिहरुलाई खटाईएको छ ।

ताजा समाचार